वन अतिक्रमण : पुरानो हुँदै जाँदा समस्या बढ्दै
gorkhapatraonline.com · Sun Sep 13 05:18:59 GMT 2026

बाढीबाट विस्थापित परिवारलाई तत्काल बसोबासका लागि दिइएको वनक्षेत्र व्यवस्थित रूपमा खाली गराउन नसक्दा बाँकेमा वन अतिक्रमणको समस्या जटिल बन्दै गएको छ । बसौंअघि वनक्षेत्रमा बसाइएका बाढीपीडितको स्थायी पुनस्र्थापना हुन नसक्दा अहिले त्यही क्षेत्र घरटहरा र खेतीयोग्य जमिनमा परिणत भएको छ ।
डिभिजन वन कार्यालय बाँकेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार जिल्लामा ६०७.९८ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । अतिक्रमित वनक्षेत्रमा तीन हजार ९९० घरटहरा निर्माण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)