सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ घाइते
aarthiknews.com

रुकुम पश्चिम। सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार बिहान दुर्घटनामा परेको हो।