रुकुमपश्चिममा जिप दुर्घटना: २ जनाको मृत्यु , ११ घाइते
annapurnapost.com · Sun Sep 13 05:46:51 GMT 2026

वीरेन्द्रनगर : रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप आइतबार दुर्घटनामा परेको हो । गम्भीर घाइतेसहित अन्य घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ । घाइतेहरूको पहिचान तथा उनीहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)