अविराम अस्थिरता
nepalnews.com · Thu May 28 11:15:44 GMT 2026

जनकपुरधाम। प्रदेश गठनको करिब नौ वर्ष पुग्न लाग्दा यसपालि मधेस प्रदेशमा पहिलो पटक मधेसकेन्द्रित दलविनाको सरकार गठन भयो। २१ वैशाखमा जनमत पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको नेपाली कांग्रेस नेतृत्वको सरकारले हालै सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) नेपाललाई हटाएर नेकपा (एमाले)लाई सहभागी गरायो। यस गठबन्धनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पनि मिसिएको छ।
१२ जेठमा कांग्रेस, एमाले र नेकपाले सत्ता गठबन्धनलाई निर्वाचनसम्म लैजाने, मन्त्रिमण्डलको आकार घटाउनेलगायत १५ बुँदे सहमति गरेका छन्। सहमति भएसँगै एमालेबाट तीन तथा कांग्रेस र नेकपाबाट एक एक जना गरी पाँच जना मन्त्रीले शपथ लिए। अहिलेको मन्त्रिपरिषद्मा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन, एमालेका चार र नेकपाका चार जना मन्त्री छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)