सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते
barnanmedia.com · Sun Sep 13 06:00:40 GMT 2026

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)