वासिङ्टनसँगको कूटनीतिक विवादमा फ्रान्सद्वारा खेद व्यक्त
gorkhapatraonline.com · Sun Sep 13 06:15:53 GMT 2026

संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकाले गरेको मतदानको आलोचना गर्दै गरिएको अनलाइन पोस्टप्रति फ्रान्सको राष्ट्रसङ्घीय नियोगले खेद व्यक्त गरेको छ । अमेरिकी अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार, वासिङ्टनले फ्रान्सको उक्त कदमको स्वागत गरेको छ ।
मानव अधिकारप्रतिको अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टप्रति फ्रान्सका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगले शुक्रबार माफी मागेको हो । नियोगले आफ्नो वेबसाइटमा अंग्रेनी भाषामा जारी गरेको विज्ञप्तिमा भनेको छ, “फ्रान्स र अमेरिकाले हालै संयुक्त राष्ट्रसङ्घको महासभामा भएको मतदानमा फरक-फरक अडान लिएका थिए । यो भिन्नता एउटा विशेष मतदानसँग सम्बन्धित थियो, मानव अधिकारको रक्षासँग होइन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)