अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
nepalnews.com · Sun Sep 13 06:20:33 GMT 2026
डाकार। अफ्रिकामा पहिलो पटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’ को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ।
डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’ मा सयौं मानिस भेला भएका थिए। संगीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्याली निकाले। उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)