पार्टी मिलाउन जन्मिएका नेताहरू आफैँ चौथो गुट बनाएर थपिँदै!
barnanmedia.com · Sun Sep 13 06:14:36 GMT 2026

काठमाडौँ — कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएको छ । माग सम्बोधन गर्न सभापति गगन थापाको टिम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो ।
खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आइतबार नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । खड्काले पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्षसमेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै आठबुँदे माग गत वैशाख दोस्रो साता सभापति थापालाई पठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)