पश्चिम एसियामा तनाव नबढाउन इरान, इराक र टर्कीको आह्वान
gorkhapatraonline.com · Sun Sep 13 06:26:22 GMT 2026

इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो ।
टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उनीहरूबिच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)