नर्भिक अस्पतालले ४२.१०५ प्रतिशत लाभांश बाँड्ने, बोनसपछि २० प्रतिशत शेयर बुक बिल्डिङमार्फत सर्वसाधारणलाई जारी गर्ने
aarthiknews.com

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको भदौ २६ गते शुक्रबार सम्पन्न छैटौँ वार्षिक साधारणसभाले लाभांश वितरणदेखि आईपीओ निष्कासनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै पूँजी विस्तारको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
साधारणसभाले आर्थिक वर्ष २०८२÷८३ को वितरणयोग्य नाफाबाट २० प्रतिशत बोनस ैयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। कम्पनीले बोनस शेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्दै त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने रणनीति तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)