पन्ध्र दिनमै मुस्ताङ भन्सारमा एक अर्ब ७८ करोड राजस्व संकलन
ajakoartha.com · Sun Sep 13 06:43:00 GMT 2026

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु. एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।
भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)