प्रधानसेनापति सिग्देल चीन प्रस्थान
kendrabindu.com · Sun Sep 13 06:47:31 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीन सरकारको निमन्त्रणामा उनी असोज ३ गतेसम्म चीनमा रहने नेपाली सेनाले जनाएको छ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ। उक्त मञ्चमा विभिन्न मुलुकका सुरक्षा तथा सैन्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)