प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार राहत सहयोग, सीएसआरअन्तर्गत थप २ करोड ११ लाख
nepalpress.com · Sun Sep 13 06:45:26 GMT 2026

काठमाडौं । बाढीबाट प्रभावित परिवारको राहतका लागि प्रभु बैंकका सञ्चालक र कर्मचारीहरूले स्वेच्छिक रूपमा ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी हस्तान्तरण गरिएको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सघाउ पुर्याउने उद्देश्यले संकलित रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)