प्रधानसेनापति सिग्देल बेइजिङ प्रस्थान
gorkhapatraonline.com · Sun Sep 13 06:51:00 GMT 2026

नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनको निमन्त्रणामा यही भदौ २८ गतेदेखि असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने तेह्रौं बेइजिङ सियाङशान मञ्चमा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ। बेइजिङ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग के.सी.ले प्रधानसेनापति सिग्देललाई बिदाइ गर्नुभएको थियो। भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)