विदुर–९ का बाढीपीडितलाई एक करोड ३७ लाखको राहत
gorkhapatraonline.com · Sun Sep 13 06:55:37 GMT 2026

शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेले नुवाकोटको विदुर नगरपालिका–९ का भोटेकोशी बाढी प्रभावित १२५ परिवारलाई एक करोड ३७ लाख नौ हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ । विदुर–९ स्थित त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको हिमबाढीबाट घरबार तथा आफन्त गुमाएका विदुर–९ का १२५ प्रभावित परिवारका करिब ७०० महिला तथा पुरुषलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री वितरण गरिएको शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेका अध्यक्ष डा. डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)