महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने
emountaintv.com · Sun Sep 13 07:07:04 GMT 2026

काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको हो । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताउनु भयो । करिव तीन दशकअघि शुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)