रेमिटेन्सको पहुँच नहुँदा क्रिप्टोको सहारा, जोखिम मोलेर विदेशबाट रकम भित्रिँदै
ajakoartha.com · Sun Sep 13 07:08:00 GMT 2026

काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सी गैरकानुनी छ। त्यसैले क्रिप्टो कारोबारमाथि नियामकीय नियन्त्रण आवश्यक छ। तर सिन्धुलीमा खुलेको पछिल्लो क्रिप्टो कारोबार प्रकरणलाई केवल कानुन उल्लंघनको घटनाका रूपमा बुझेर पुग्दैन। यसले नेपालको रेमिटेन्स प्रणालीभित्रको एउटा गम्भीर कमजोरी पनि उजागर गरेको छ।
रुस र कम्बोडियामा रहेका नेपालीले नेपालमा सोझै रकम पठाउन कठिनाइ भएपछि बाइनान्सको पीटूपी प्रणालीमार्फत कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढेको छ। तर यहाँ मूल प्रश्न उठ्छ—विदेशमा पसिना बगाएर कमाएको पैसा नेपाल पठाउन नेपालीले जोखिमपूर्ण विकल्प किन रोज्नुपर्योरु
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)