प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) को शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्निर्माण कार्यदलको प्रतिवेदनमा देखिएको विवाद टुङ्ग्याउन एमाले नेताहरू काभ्रेपलाञ्चोकमा आवासीय छलफलमा जुटेका छन्।
गत फागुन २१ गतेको निर्वाचन समीक्षा र पार्टी–जनसम्बन्ध सुधारको सुझाव दिन गठन गरिएको १५ सदस्यीय कार्यदल महासचिव शङ्कर पोखरेलको प्रतिवेदनमाथि उपाध्यक्ष रामबहादुर थापाको फरक प्रतिवेदन आएपछि विवाद उत्पन्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)