इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)
ratopati.com · Sun Sep 13 07:24:56 GMT 2026

काठमाडौँ । आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रङ्रोगन गर्ने तथा हनुमान ढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी भइरहेको छ। इन्द्रजात्राका अवसरमा ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले मर्मत तथा सजावटका काम अघि बढाइएको हो।
कार्यक्रमअन्तर्गत गद्दी बैठकको बाहिरी स्वरूपमा नयाँ रङ लगाइनेछ भने हनुमान ढोका क्षेत्रका मन्दिरमा पुराना झल्लर हटाएर नयाँ झल्लर राखिनेछ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)