जोखिमयुक्त हिमतालको पानी घटाउने सरकारको तयारी
gorkhapatraonline.com · Sun Sep 13 07:24:03 GMT 2026

जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाढीको जोखिम बढेको छ । यही जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेका सङ्खुवासभाको तल्लो वरुण, सोलुखुम्बुको लुम्डिङ च्छो र होङ्गु टु तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार पछिल्ला दुई दशक यता उच्च हिमाली क्षेत्रमा हिमतालमा पानीको मात्रा बढ्दैगएको छ। हिमताल विस्फोट भएर हिमबाढी आएमा तल्लो तटीय क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन लागिएको उहाँले बताउनुभयो । तल्लो वरुण हिमतालको पानीको सतह करिब तीनदेखि चार मिटर घटाउने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)