नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
nepalnews.com · Thu May 28 12:49:55 GMT 2026
काठमाडौँ। नेपाली महिला क्रिकेट टोली एसियन गेम्स छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)