‘बाबा ! यसपालिको तीज त आएन बरी लै…’
nepalpress.com · Sun Sep 13 07:34:18 GMT 2026

भदौ १० को भोटेकोशी बाढीले नेपाली समाजमा छाएको शोक र वियोगको आँसु सुकेको छैन । मानिसका मनहरू पीडाले धुजा–धुजा भएका छन् । कोही पनि खुलेर हाँस्न, नाच्न र बाँच्न सकिरहेका छैनन् । यही वियोगको सागरभित्र हिन्दू नारीले मनाउने सबभन्दा ठूलो पर्व तीज आयो । शोक र पीडाको भारीसँगै थोरै उल्लास बोकेर तीज आएको छ । तर, गाउँ–समाजलाई हेर्दा यस पटकको तीज केवल औपचारिकताका लागि मात्र आइरहेको छ ।
थुप्रैका माइती वा अभिभावकलाई बाढीले बगाएको छ । थुप्रै छोरी-चेली त्यही बाढीभित्र, खोल्साखोल्सी र सुरुङभित्र च्यापिएका छन् । के बालबालिका, के वृद्धवृद्धा- बाढीको कहरमा कोही अछुतो छैनन् । थाहा छैन, कति मरे, कति बाँचे ? यसरी जीवन र मृत्युको हिसाब गर्दै समाज यो शोक सहन अभिशप्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)