प्रचण्डलाई बोलाइएको ब्रिक्समा किन अटाएनन् बालेन ?
barnanmedia.com · Sun Sep 13 07:20:34 GMT 2026

सन् २०१६ को अक्टोबर मध्यतिर भारतको गोवामा सम्पन्न आठौँ ब्रिक्स शिखर सम्मेलन नेपालको कूटनीतिक इतिहासमा निकै चर्चा र चासोको विषय बनेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भारत सरकारले विशेष अतिथिका रूपमा रातो कार्पेटमा स्वागत गरेको मात्र थिएन, सम्मेलनको साइडलाइनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको एकसाथ भएको अनौपचारिक भेटवार्ताले समेत विश्वव्यापी ध्यान तानेको थियो।
त्यतिबेला नेपाललाई भारत र चीनबीचको गतिशील पुलका रूपमा प्रस्तुत गर्दै दुवै महाशक्तिसँग सन्तुलित र प्रभावकारी सम्बन्ध विस्तारको रणनीतिक अवसरका रूपमा व्याख्या गरिएको थियो। तर, ठीक एक दशकपछि भारतमै सम्पन्न १८ औँ ब्रिक्स शिखर सम्मेलनमा आइपुग्दा नेपालका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नाम आमन्त्रित विदेशी नेताहरूको सूचीमै पर्न सकेन। छिमेकमै विश्व अर्थतन्त्र र जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने शक्तिशाली समूहको जमघट भइरहँदा काठमाडौँको सत्ता नेतृत्व यसरी पूर्ण रूपमा बेखबर र बहिष्कृत जस्तै देखिनुले नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता र परराष्ट्र नीतिको वर्तमान दशालाई छर्लङ्ग पारिदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)