स्वाथ्यकर्मीहरुको १८०८ दरबन्दी स्वीकृत, लोकसेवा आयोगमार्फत पदपूर्ति सुरु हुने
corporatenepal.com · Thu May 28 13:00:41 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई पुलअन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त दरबन्दी मन्त्रालयमा प्राप्त भएको हो ।
स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)