ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर बेइजिङ फर्किए राष्ट्रपति सी
annapurnapost.com · Sun Sep 13 07:41:25 GMT 2026

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर बेइजिङ प्रस्थान गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजना भएको दुई दिने ब्रिक्स सम्मेलन सकिएसँगै राष्ट्रपति सी स्वदेश फर्किएका हुन्। उनी सम्मेलनमा सहभागि हुन् हिजाे दिउँसाे नयाँ दिल्ली पुगेका थिए ।
सम्मेलनका क्रममा राष्ट्रपति सीले बहुपक्षीय सहकार्य, आर्थिक विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा सहयोग र विश्वशान्तिका विषयमा जोड दिएका थिए। साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)