तीन वर्षपछि मस्कको ‘एक्स’मा फर्किए जुकरबर्ग
ratopati.com · Sun Sep 13 08:04:16 GMT 2026

क्यालिफोर्निया ।फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२६ मा एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो गतिविधि पुनः सुरु गरेका छन् । प्रतिद्वन्द्वी माइक्रोब्लगिङ प्लेटफर्ममा उनले तीनवर्ष देखि दूरी बनाएका थिए । जुकरबर्गले सुरुमा म्युज स्र्पाक १.१ एआई मोडलसम्बन्धी समाचार सार्वजनिक गर्न एक्समा पुनः पोस्ट गर्न थालेका थिए । त्यसयता मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जुकरबर्ग उक्त माइक्रोब्लगिङ वेबसाइटमा नियमित रूपमा सक्रिय रहँदै आएका छन् ।
उनको पछिल्लो पोस्ट सेप्टेम्बर ९ मा आएको थियो । त्यसमा उनले ‘तपाईंका लक्ष्यहरू बुझ्ने अनि र तपाईंका लागि चौबीसै घण्टा, सातै दिन कामहरू गरिदिने पर्सनल एजेन्ट म्युज’ लेखका थिए । त्यसै समयमा एउटा पोडकास्टमा उनलाई मेटाकै प्रत्यक्ष प्रतिस्पर्धी प्लेटफर्म थ्रेड्स चलाइरहेको बेलामा अर्को प्रतिस्पर्धी सामाजिक सञ्जालमा पनि आफ्ना अपडेट पोस्ट किन गरिरहेको भन्ने प्रश्न गरिएको थियो । उनले व्यक्तिगत प्रचारका लागि मात्रै नभएर निश्चित इन्जिनियरिङ प्रतिभा र अनुसन्धानकर्तासम्म पुग्न एक्स चलाएको भनेका थिए । उनका अनुसार तीमध्ये धेरै अझै पनि एक्समा गहिरोसँग जोडिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)