अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई कामकाजमा रोक
gorkhapatraonline.com · Sun Sep 13 08:05:12 GMT 2026

मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन र हाजिर गराउन रोक लगाइएको छ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीका लागि चालु आर्थिक वर्ष २०८३/८४ को अस्थायी दरबन्दी प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत भएर नआएसम्म कामकाजमा नखटाउन तथा हाजिर नगराउन निर्देशन दिएको हो ।
मन्त्रालयका वरिष्ठ उपसचिव तथा सूचना अधिकारी राजेशकुमार मिश्रका अनुसार मन्त्रालयले भदौ २४ गते मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई यस्तो निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)