पशुपतिनाथमा तीजको तयारी पूरा, बिहान ३ बजेदेखि चारै ढोका खुल्ने
kendrabindu.com · Sun Sep 13 08:06:58 GMT 2026

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार तीजको दिन मन्दिरका चारै ढोका खुला रहनेछन्।
व्रतालु तथा दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन मन्दिरको उत्तर, पूर्व र दक्षिणतर्फ पारदर्शी जालीको व्यवस्था गरिएको छ। यसपटक विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था भने नगरिएको कोषले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)