ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्छ : प्रहरी महानिरीक्षक कार्की
reportersnepal.com · Sun Sep 13 08:07:46 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले ट्राफिक प्रहरीलाई सवारी साधनको बिचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताए ।
एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए । उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)