अहमको प्रदर्शन लोकतन्त्रको अवमूल्यन
baahrakhari.com · Sun Sep 13 08:09:48 GMT 2026

अगिल्लो साता मकवानपुरबाट निर्वाचित एक जना सांसदले सडकबीचमा आफ्नो गाडी तेर्स्याएर आक्रोश देखाउँदै आफूसँग भनाभन गर्ने यात्रुलाई प्रहरी लगाएर पक्राउ गरेको समाचार आएको थियो । त्यही साता एउटा कार्यक्रममा गृहमन्त्री र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले राष्ट्रिय सभाका सम्बन्धमा दिएका अभिव्यक्तिप्रति माथिल्लो सदनमै आपत्ति प्रकट भएको छ ।
नेपालका राजनीतिकर्मीमा देखिने ‘अहमत्याइँ’को एउटा सानो उदाहरणमात्र हुन् यी घटना । पदमा पुग्नेबित्तिकै प्रायः धेरै जनामा सर्वसत्तछावादी भूत चड्छ । उनीहरू आफूलाई सर्वज्ञ ठान्छन् भने विनम्रता र विनयशीलता चटक्कै बिर्सेका देखिन्छन । आफ्नो धरातलमात्र बिर्सनेमात्र होइन जनतालाई नै हेप्न थाल्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)