सीईओसमेत संलग्न रहेको घोटला बाहिरिएसँगै प्रभु बैंकको शाखमा गम्भीर धक्का, रेटिङ खस्कियो
clickmandu.com · Sun Sep 13 08:14:28 GMT 2026

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) र उच्च व्यवस्थापनमा रहेका कर्मचारीसहित जोडिएका घोटालाका ठूलाठूला काण्ड बाहिरिँदा प्रभु बैंकको शाखमा गम्भीर धक्का लागेको छ । सम्बन्धित पक्ष कर्जा, जथाभावी तथा बिनाधितो कर्जा, कर्जा दुरूपयोग जस्ता घटना बाहिरिई सीईओ, डी-सीईओ, प्रमुख व्यवसाय अधिकृत (सीबीओ) लगायत पक्राउ परेर उनीहरू माथि अदालतमा अभियोजन हुँदा बैंकको साखमा ठूलो धक्का लागेको हो ।
खासगरी सुशासनमा देखिएको गम्भीर विचलन, सम्पत्तिको गुणस्तरमा आएको तीव्र ह्रास र पुँजी कोषको सीमा उल्लंघनपछि क्रेडिट रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ले प्रभु बैंकको रेटिङ घटाउँदै थप नकारात्मक निगरानीमा राखेको छ । इक्रा नेपालले बैंकको इस्युअर रेटिङलाई डबल बीप्लसबाट एक तह घटाएर डबल बीमा झारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)