ब्रिक्स सम्मेलनमा नेपालको अनुपस्थिति कूटनीतिक असफलता
ajakoartha.com · Sun Sep 13 08:21:00 GMT 2026

काठमाडौँ - गत वर्ष जेनजि आन्दोलनको रापतापपछि रहष्यमय रुपमा सरकारमा पुगेको बालेन्द्र सरकार अन्तराष्ट्रिय जगतमा कमजोर देखिदै गएको छ । सरकारले छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सुधुर बनाउन सकिरहेको छैन । सरकार बनेको ६ महिनासम्म पनि छिमेकी मुलुकहरुले भ्रमणको निम्तो नदिनु अर्को कुटनीतिक असफलता हो । छिमेकी मुलुक भारतमा विश्वका शक्तिसम्पन्न राष्ट्रहरुको संगठन ब्रिक्सको १८औँ शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ । त्यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ १० वर्षपछि एकैसाथ भारतमा एउटै मञ्चमा सँगै देखापरेका छन् ।
सम्मेलनमा ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू पनि सहभागी भएका छन् । त्यस्तै कतिपय राष्ट्रलाई आमन्त्रितका रुपमा पनि आउटरिचमा सहभागी गराइँदैछ । त्यो अवसर नेपालका लागि भने यस पटक प्रदान गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)