एमसीए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
baahrakhari.com · Sun Sep 13 08:27:38 GMT 2026

काठमाडौं । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ । ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको हो ।
यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)