भोटेकोशी बाढी : प्रभावित परिवारलाई मासिक १५ हजार उपलब्ध गराइने
annapurnapost.com · Sun Sep 13 08:25:46 GMT 2026

काठमाडौं : भोटेकोशी बाढी प्रभावित नागरिकलाई मासिक १५ हजार उपलब्ध गराउने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित ४ सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडाबापत मासिक १५ हजार दिइनेछ। त्यसपश्चात थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ।
यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा,सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको उनको भनाई छ। आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको तिमल्सिनाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)