डोनाल्ड ट्रम्पको बाल्यकालको घर करिब २० लाख डलरमा बिक्री
annapurnapost.com · Sun Sep 13 08:39:52 GMT 2026

न्युयोर्क : न्युयोर्क सहरस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाल्यकालको घर मर्मतसम्भारपछि करिब २० लाख अमेरिकी डलरमा बिक्री भएको छ। लामो समय खाली रहँदा पाइप फुटेर पानीले बिग्रिएको, ढुसी परेको र छाडा बिरालाहरूको बासस्थान बनेको उक्त घरलाई आधुनिक आवासमा रूपान्तरण गरेर बिक्री गरिएको हो।
ट्रम्प चार वर्षको उमेरसम्म न्युयोर्कको क्विन्सस्थित 'ट्युडर' शैलीको यसै घरमा बसेका थिए। उनका बुबा तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा प्रतिष्ठित 'जमैका एस्टेट्स' क्षेत्रमा यो घर निर्माण गरेका हुन्। यद्यपि, यो घर लामो समयदेखि ट्रम्प परिवारको स्वामित्वमा थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)