फरक विशेषतायुक्त जनकपुरधामको महुवा महादेव मन्दिर
nepalnews.com · Sun Sep 13 08:48:30 GMT 2026

जनकपुरधाम। बिहानको पहिलो किरणसँगै बज्ने शंखध्वनि, डमरुको ताल र ‘हरहर महादेव’को जयघोष। यो दृश्य हो जनकपुरधाम उपमहानगरपालिका–१६ महुवामा रहेको ऐतिहासिक महादेव मन्दिरको। ऐतिहासिक महत्व बोकेको यो मन्दिर प्राचीन इँटा, कलात्मक काठका टुँडाल र गर्भगृहमा विराजमान विशाल शिवलिंगका कारण श्रद्धालुको आस्थाको केन्द्र बनेको छ। मन्दिरमा पुग्ने श्रद्धालुले यहाँ शान्तिको अनुभूति गर्ने गरेका छन्।
शताब्दीयौँदेखिको इतिहास, कला र जनविश्वासलाई समेटेर उभिएको यो शिव मन्दिर मिथिलाको जनजीवनको अभिन्न अंग बनेको छ। मन्दिरको वास्तुकला, भित्तेचित्र र यहाँ रहेका विभिन्न प्रतिमा पुरातत्व तथा कला अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताका लागि समेत रुचिको विषय बनेका छन्। मिथिलाका अन्य मन्दिरभन्दा फरक शैलीमा निर्माण भएकाले यसको वास्तुकला विशेष मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)