बाढी प्रभावित क्षेत्रका लागि भारतद्वारा तीन बेलिब्रिज सहयोग
gorkhapatraonline.com · Sun Sep 13 08:56:54 GMT 2026

भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ । भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका सचिव नारायण सिंहले शनिबार सडक डिभिजन कार्यालय मकवानपुरलाई पुल निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
भारत सरकारले ७० मिटर लामो तीन वटा पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । सिङ्गल लेनका ती पुलको भारवहन क्षमता २० टन रहेको छ । प्राप्त बेलिब्रिज शनिबार नै रसुवा पठाइएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदीमा रहेका ३५ वटा पुल बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)