‘चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छ’
arthasansar.com · Sun Sep 13 08:59:02 GMT 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् । चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।
काठमाडौं महानगर प्रहरी बलको आईतवार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौंमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए। उनले चोभारको निकासको चौडाई र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए । काठमाडौंको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)