होर्मुजमा जहाजमाथि आक्रमण हुँदा एकको मृत्यु तीन जना घाइते
gorkhapatraonline.com · Sun Sep 13 09:04:00 GMT 2026

इरान र अमेरिकाबिच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।
केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५:०० बजे जहाजमाथि आक्रमण भएको थियो । “एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)