सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्याउनुपर्ने मागसहित संसद्मा प्रस्ताव
nepalviews.com · Sun Sep 13 09:00:47 GMT 2026

काठमाडौं । महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक हक कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलका महिला सांसदहरूले यस्तो प्रस्ताव दर्ता गराएका हुन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) छन् । एमालेकी भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा समर्थक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)