बाढीपछि निरन्तर फिल्डमै वाईसीएल, सुरु गर्यो बाढीपीडितका लागि अस्थायी आवास निर्माण
annapurnapost.com · Sun Sep 13 08:54:42 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्वार र राहतमा खटिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)अस्थायी आवास निर्माणमा जुटेको छ।
रसुवा, धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा वाईसीएलका करिब ६ सय स्वयंसेवक निरन्तर सक्रिय रहेका छन्। ‘उद्धार तथा राहत कार्यसंगै हामीले बाढीपीडितका लागि अस्थायी आवास निर्माण सुरु गरेका छौँ।,’ू वाईसीएलका बागमती प्रदेश अध्यक्ष नरेश रन्जितले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)