९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट
barnanmedia.com · Sun Sep 13 08:57:26 GMT 2026

सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ । अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।
समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुई वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए । प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)