तस्वीरमा हेर्नुस् ‘चेर्दुङ’ हिलस्टेसन
nepalviews.com · Thu May 28 14:25:18 GMT 2026

काठमाडौं । दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको छ ।
एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षक तीन दिने प्रदर्शनीमा लामाले खिचेका ३१ ओटा तस्वीरहरू राखिएका छन् । तस्वीरहरूमा गौरीशङ्कर हिमसृङ्खला, जीवनशैली, जिरी उपत्यका, झ्याँकु गाउँ, साइक्लिङ, संस्कृति आदिका प्रतिविम्व छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)