काठमाडौँको ट्राफिक व्यवस्थापनमा एआई प्रविधि आवश्यक : आईजीपी कार्की
barnanmedia.com · Sun Sep 13 09:02:16 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई)–सक्षम सीसीटीभीलगायतका आधुनिक प्रविधि अनिवार्य भइसकेको बताएका छन्। ट्राफिक प्रहरीले सवारी साधनको जोखिम मोलेर सडकको बिचमा हात हल्लाउँदै ट्राफिक नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले एआई प्रविधिसहित बस स्टप, बसपार्क तथा पार्किङ स्टेसनहरूको उचित प्रबन्ध मिलाई समग्र ट्राफिक व्यवस्थापनलाई नयाँ ढङ्गले पुनर्संरचना गर्नुपर्नेमा जोड दिए। यसका लागि काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिच सहकार्य गरी फुटपाथ तथा पार्किङ व्यवस्थापन र आपत्कालीन उद्धार प्रणालीलाई अझ चुस्त बनाइने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)