अलैँचीको मूल्य मनको एघार हजारले घट्यो
gorkhapatraonline.com · Sun Sep 13 09:19:45 GMT 2026

भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन एघार हजार रुपियाँले घटेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै घटेको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भदौ पहिलो साता प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपियाँमा कारोबार भएको थियो । भदौको दोस्रो साताभर सुरुकै मूल्यमा अलैँचीको कारोबार भएको र त्यसपछि मूल्य घट्न थालेको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबिर रेग्मीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)