ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’
nepalnews.com · Sun Sep 13 09:24:11 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर यसको दीर्घकालीन समाधान गर्न सडक डिभिजन कार्यालय लागिपरेको छ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप (ढलान) बनाउँदै ‘नेलिङ’ (किलाररड ठोकेर बलियो बनाउने) प्रविधि अपनाउने तयारी गरिएको हो। सडक डिभिजन भरतपुरले नेलिङसँगै रसाएको पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक) प्रविधि प्रयोग गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)