लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा
barnanmedia.com · Thu May 28 14:54:11 GMT 2026

कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरिएसँगै सञ्चालनमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलबाड गर्न नहुने स्पष्ट पार्दै कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरी १०० श्ययाा विस्तार गरिने जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा डायलासिस सेवाको विस्तार गरिने उल्लेख गर्दै उहाँले लम्कीचुहा प्रादेशिक अस्पतालमा यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने घोषणा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)