मनोसामाजिक परामर्शपछि मात्र नियमित विद्यालय सञ्चालन गर्न शिक्षा विभागको निर्देशन
himalpress.com · Sun Sep 13 09:46:33 GMT 2026

काठमाडौँ- शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)