बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाकाे ५० हजार डलर सहयाेग
canadanepal.com · Sun Sep 13 09:49:59 GMT 2026

काठमाडाैं - नाइजेरियाको स्ट्रेलिङ आयल कम्पनीले रसुवाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर ( लगभग ७६ लाख नेरु ) सहयाेगकाे घाेषणा गरेकाे छ । स्ट्रेलिङले नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ ।
अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल , खनिज र मेटल क्षेत्रमा कार्यरत साे कम्पनीले आफ्नो कल्याणकारी शाखा भि- केयर फर डेभलपमेन्ट फाउन्डेसनबाट पचास हजार डलर घोषणा गरेर थप ब्यक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगका लागि आन्तरिक आह्वानसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)