अध्यक्ष ओलीलाई बुझाइयो ध्यानाकर्षणपत्र
nepalnews.com · Sun Sep 13 10:12:54 GMT 2026

काठमाडौं। छापा माध्यम बचाउ सुझाव कार्यदलले लोक कल्याणकारी विज्ञापन बापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।
कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोक कल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन्। छापा माध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोक कल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)